ग्लोबल आइएमई बैंक र स्टार अस्पतालबीच उपचारमा छुटसम्बन्धि सम्झौता

निरोज कुमार थापा

निरोज कुमार थापा

Jun 05, 2018 | 05:03:08 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंक लि. र स्टार अस्पताल  प्रा. ली. बीच  अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । बैंकले अस्पतालसँग आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उदेश्यले दुईपक्षीय सम्झौता गरेको हो ।

उक्त सम्भौतापत्रमा बैंकका तर्फबाट बजार व्यवस्थापन एंव व्यवसाय प्रर्वद्धन विभाग प्रमुख गणेश अवस्थी र अस्पतालका प्रबन्ध निर्देशक डा. शाहिल रुपाखेतिले हस्ताक्षर गरे । सम्झौतापश्चात स्टार अस्पतालमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट Privilege Credit Card, डेबिट÷क्रेडिट कार्ड लिएका बैैंकका ग्राहक तथा ग्राहकका परिवार, बैंकका कर्मचारी र कर्मचारीका परिवारले अस्पतालले प्रदान गर्ने सेवामा १५ प्रतिशत सम्म छुट पाउने छन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved