एनआईसी एसियाद्वारा 'एक कर्मचारी, एक फलफुल बिरुवा' नाराका साथ वृक्षारोपण

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jun 06, 2018 | 07:31:04 AM मा प्रकाशित

laxmi  sunrise bank

 एनआईसी एसिया बैंकले 'एक कर्मचारी, एक फलफुल बिरुवा' नाराका साथ विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम गरेको छ।  धापासीस्थित बैंकको प्रांगण एवं सम्पूर्ण क्षेत्रीय कार्यालय तथा शाखा कार्यालयहरुको प्राङ्गण भित्र वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो। 

बिभिन्न प्रजातीहरुका फलफूल र अन्य प्रजातीका बोटविरुवाहरुको वृक्षारोपण गर्दै हरियाली अभियानद्वारा वातावरणीय सन्तुलनमा योगदान पुर्याउने बैंकको बिश्वास छ।  

संस्थागत सामाजिक उत्तरदायिव अन्तर्गत बैंकले देशभरी रहेका आफ्ना क्षेत्रीय कार्यालय तथा शाखा कार्यालयहरुको मार्फत हालसम्म करिब एघार हजार बिरुवाहरु वृक्षारोपण गरेको जनाएको छ। 

बैंकले देशभरका २१८ शाखा कार्यालय, २०६ एटिएम, १० वटा एक्स्टेन्सन काउण्टर एवं ८ वटा शाखारहित बैंकिङ्ग मार्फत आफ्ना ११ लाख ५० हजार ग्राहकहरुलाई आधुनिक बैंकिङ सेवा प्रदान गरिरहेको छ।  



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved