एनआईसी एशियाको ‘धनवर्षा मुद्धती खाता’ री-लञ्च, वार्षिक १२ प्रतिशतका दरले मासिक व्याज भुक्तानी

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 11, 2018 | 08:37:25 AM मा प्रकाशित

laxmi  sunrise bank

 एन आई सी एसिया बैंकले धनवर्षा मुद्दती निक्षेप योजना पुनः सञ्चालनमा ल्याएको छ ।   उक्त मुद्दति निक्षेप योजनामा मासिक रुपमा व्याज भुक्तानीको सुविधा सहित वार्षिक १२ प्रतिशत व्याज प्रदान गरिने बैंकले जनाएको छ ।

यस अघि पनि बैंकले सञ्चालनमा ल्याएको  धनबर्षा मुद्दती निक्षेप योजना ग्राहकमाझअत्यन्त लोकप्रिय भएकोले यस योजनालाई पुन संचालनमा ल्याएको बैंकले जानकारी दिएको छ । यस योजनाअन्तर्गत देशभर रहेका एनआई सी एसिया बैंकको कुनैपनि शाखाबाट जुनसुकै रकमको पनि मुद्दती निक्षेप खाता खोल्न सकिने छ । साथै एक बर्षको अवधिको लागी खोल्न सकिने यस मुद्दति योजनामा जम्मा गरिएको रकमको ८० प्रतिशत सम्मकर्जा सुबिधा समेत उपलब्ध हुने छ  ।

हाल बैंकले आफ्नो २१८ शाखा  तथा २१० ए टि एम,  १४ वटा बिस्तारित काउण्टरर  ९ वटा शाखारहित बैंकिङ्ग युनिटबाट सेवा प्रदान गर्दै आएको छ  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved