गरिमा र लुम्बिनी विकास बैंकबीच रेमिट सम्झौता

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 13, 2018 | 01:01:44 PM मा प्रकाशित

laxmi  sunrise bank

गरिमा विकास बैंक लिमिटेड र लुम्बिनी विकास बैंक लिमिटेडबीच ‘गरिमा रेमिट’ र ‘लुम्बिनी रेमिट’ सञ्चालन गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ ।  बुधबार गरिमा विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र लुम्बिनी विकास बैंक लिमिटेडको तर्फबाट कायम मुकायम प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । 

सम्झौतापश्चात लुम्बिनी विकास बैंक लिमिटेडका देशभर सञ्चालनमा रहेका ६३ वटा शाखा कार्यालयबाट गरिमा रेमिटमार्फत रकम पठाउन, भूक्तानी गर्न तथा खातामा जम्मा गर्न तथा गरिमा विकास बैंक लिमिटेडका देशभर सञ्चालनमा रहेका ५७ वटा शाखा कार्यालयबाट लुम्बिनी रेमिटमार्फत रकम पठाउन, भूक्तानी गर्न तथा खातामा जम्मा गर्न सकिने बैंकले जनाएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved