एनआईसीद्धारा डलर क्रेडिट कार्ड सञ्चालनमा

निरोज कुमार थापा

निरोज कुमार थापा

Jun 22, 2018 | 05:59:59 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआइसी एसिया बैंकले ‘भिसा इन्टरनेशनल यूएसडी’ क्रेडिट कार्ड संञ्चालनमा ल्याएको छ । ग्राहकहरुको इकमर्शप्रतिको बढ्दो आकर्षणलाई ख्याल गरेर डलर कार्ड संचालनमा ल्याएको जनाएको छ । बैंकले ल्याएको यो कार्ड नेपाल तथा भारत बाहेक अन्य जुनसुकै देशमा प्रयोग गर्न सकिने छ । 

उक्त कार्डमा अमेरिकी डलर ५०० देखि १५ हजारसम्मको कर्जा सिमा, निशुल्क इकमर्श (अनलाईन पेमेन्ट)को सुविधा, कर्जा सिमितको ५० प्रतिशतसम्म नगद झिक्न सकिने विशेषता रहेको बैंकले जनाएको छ । 

कार्ड प्रयोगमा १० प्रतिशत वा १०० प्रतिशत भुक्तानीको व्यवस्था र अधिकतम ४५ दिनसम्म सर्भिस चार्ज फ्री क्रेडिट पिरियड उपभोग गर्न सकिने छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved