मेगा बैंकका ग्राहकहरुलाई स्टार अस्पतालमा १५ प्रतिशतसम्म छुट

निरोज कुमार थापा

निरोज कुमार थापा

Aug 13, 2018 | 05:12:09 PM मा प्रकाशित

laxmi  sunrise bank

मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुलाई ललितपुरको सानेपास्थित स्टार अस्पतालले १५ प्रतिशतसम्म छुट दिने भएको छ । बैंकका वरिष्ठ नायब महाप्रबन्धक महेश शर्मा ढकाल र अस्पतालका प्रमुख संचालन अधिकृत डा. सन्देश जिसीबीच छुट दिने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । 

सम्झौता अनुसार, मेगा बैंकका डेबिट र क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकहरुले स्टार अस्पतालमा उपचार गराउँदा आइसीयू, क्याबिन र वार्डमा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । यसैगरी, ल्याब टेष्ट, एक्सरे, इसिजी, इन्डोस्कपी, क्लोनोकपी, यूएसजी, इइजी, सिटी स्क्यान, पीएफटी लगायतका परीक्षण, औषधी र शल्यक्रियामा १०–१० प्रतिशत छुट पाउने भएका छन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved