सुन काण्डमा सिटिजन बैंकका कर्मचारी सहित ५ जना प्रहरीको फन्दामा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 29, 2018 | 08:49:23 PM मा प्रकाशित

laxmi  sunrise bank

केन्द्रीय अनुसन्धान व्यूरोको टोली (सीआईबि) ले सिटिजन बैंक इन्टरनेश्नलका सुन गायब गराउने कर्मचारीहरुलाई पक्राउ गरेको छ। साढे ७ किलो सुन गायब बनाउने कर्मचारी र सुन धितो राखेर ऋण लिएका ऋणीहरुलाई पक्राउ गरिएको ब्युरोका प्रवक्ता एसपी सानुराम भट्टराईले जानकारी दिए।

उनका अनुसार पक्राउ पर्नेमा बैंकका सुन जाँचकी र दुई जना ऋणीहरु रहेका छन। ब्युरोको टोलिले सामिन शाक्य, विन्देश शाक्य, अमितराज बज्राचार्य, लभ बराइली र  उमेश राज बराइलीलाई पक्राउ गरेको जानकारी दिएको छ। 

बैकको न्युरोड शाखामा कार्यरत रहंदा सुन ऋणीहरुसंगको मिलोमतोमा बैकका कर्मचारीहरुले बैकको सुन नियम बिपरित अपचलन गरेको अनुसन्धानमा खुलेको छ। कर्मचारीहरुले धितोबापत राखिएको सुन ऋण चुक्ता नहुँदै फिर्ता दिने तथा बैंकलाई जानकारी नगराई अनुमति बिना नै अपुग सुनसमेत राखी विभिन्न समयमा विभिन्न ऋणीहरुलाई ऋण प्रवाह गरेको पाइएको हो। 

बैंकका कर्मचारीहरुले विभिन्न ऋणीहरुलाई ऋण प्रवाह गर्दा ७४९७.२८ ग्राम (७ किलो ४ सय ग्राम) सुन बराबरको अनियमितता भएको अनुसन्धानमा देखिएको थियो। उनीहरुले बैंकलाई २ करोड २८ लाख  ३८ हजार ४ सय बराबरको हानि नोक्सानी पुर्याएको बताइएको छ। 

उच्च अदालत पाटनबाट ७ दिनको म्याद लिई उनीहरुलाई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।   


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved