सिभिल बैंकद्वारा निक्षेपकर्तालाई बीमा रकम भुक्तानी, आश्रित परिवारलाई राहत

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 03, 2018 | 08:57:27 AM मा प्रकाशित

laxmi  sunrise bank

सिभिल बैंकले वीमा रकमको भुक्तानी गरेको छ। बैकले दुर्घटनामा परि मृत्यु भए पश्चात मृतकका आफन्तलाई विमाको रकम भुक्तानी गरेको हो। 

निक्षेप सुविधाहरुमा उपलब्ध गराउदै आएको निशुल्क दुर्घटना मृत्यु बीमा कार्यक्रम अन्तर्गत बैंकले बुटवल निवासी निक्षेपकर्ता बंसराज थारुको दुर्घटनामा परि मृत्यु भएपश्चात मृतकका श्रीमती शान्ति देवी थारुको नाममा उक्त रकम उपलब्ध गराएको हो। एक कार्यक्रमबीच बैकंका चिफ बिजनेश अफिसर सुजित कुमार शाक्यले १ लाख ७४ हजार २४० रुपैयाँ मृतकका सुपुत्री निर्मला थारुलाई हस्तान्तरण गरे।   

निक्षेपकर्ताहरुले सिभिल बैंकमा निक्षेप गर्दा ब्याजको अतिरिक्त प्राप्त हुने निःशुल्क दूर्घटना÷मृत्यू बीमाबापत प्राप्त हुने बीमाको रकमले मृतकको आश्रित परिवारलाई थोरै नै भएपनि राहत पुर्याउने बैंकका शाक्यले बताए। 

बैंकले यस अघि पनि २०७२को महाभूकम्प लगायत अन्य दूर्घटनाहरुमा परी ज्यान गुमाएकाहरु तथा अपाङ्गता भएकाहरुको निक्षेप रकमको ४ गुणा वा अधिकत्तम ५ लाखसम्म (जुन न्यून छ) को बीमाको रकम उपलब्ध गराएको थियो। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved