काठमाडौं उपत्यकामा फैलिदै मुक्तिनाथ बिकास बैंक, ठमेलमा नयाँ शाखा बिस्तार

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 04, 2018 | 10:24:00 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंकले काठमाडौंको ठमेलमा आफ्नो नयाँ शाखा संचालनमा ल्याएको छ। नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले उक्त शाखाको उद्घाटन गरे। 

उद्घाटन अवसरमा बोल्दै शिवाकोटीले मुक्तिनाथले उत्कृष्ट काम गर्दै आएको भन्दै ठमेल शाखाको प्रगतिको कामना गरे। कार्यक्रममा ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष समिर गुरुङ्ग, नेपालमहिला सघंका क्षेत्रीय सभापती (क्षेत्र न. ६) सावित्री राजभण्डारी लगायतले बैंकको सफलताको शुभकामना मन्तब्य राखे। 

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकले लिएको समावेशी वित्तीय पहुँच विस्तारलाई अझै विस्तार गरी लघुउद्यम तथा लघु व्यवसाय विस्तारमा जोड दिने बताए। 

बैंकले हाल काठमाडौं उपत्यकाभित्र ठमेल लगायत महाराजगंज, कमलादी, सितापाइला, कुलेश्वर, लगनखेल, न्युरोड, नयाँबानेश्वर, चावहील, माछापोखरी, कोटेश्वर,जोरपाटीर भक्तपुरको कमलविनायक गरी १३ शाखाहरु संचालनमा ल्याईसकेको छ। त्यस्तै बैंकले कुपण्डोल, इमाडोल, भैसेपाटी, ठिमी, ढुङ्गेअड्डा र  बत्तीसपुतलीबाट पनि शीघ्र औपचारिक रुपमा सेवा सञ्चालनको तयारीमा गरेको छ।    










Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved