कन्चन डेभलपमेन्ट बैंकले गत आर्थिक बर्षको लाभांश घोषणा गरेको छ। बैंकको असोज ४ मा बसेको संचालक समितिको बैठकले गत आर्थिक बर्षको कमाईबाट ५ प्रतिशत बोनस र ६.२९ प्रतिशत नगद लाभांश दिने प्रस्ताब गरेको नेप्से मार्फत जनाइएको छ।
उक्त प्रस्ताब नेपाल राष्ट्र बैंक र बैंकको आगामी बार्षिक साधारणसभाको बैठकले पारित गरेपश्चात सेयरधनीहरुमा लाभांश वितरण हुनेछ। ५ प्रतिशत बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुंजी ५३ करोड १३ लाख पुग्नेछ।