नेपाल इन्भेष्टमेण्ट बैंकद्धारा मास्टर डेविट कार्डको सेवा उद्घाटन

निरोज कुमार थापा

निरोज कुमार थापा

Oct 11, 2018 | 05:37:33 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्भेष्टमेण्ट बैंकले मास्टर कार्डसँग सहकार्य गरी मास्टर डेविट कार्डको उद्घाटन गरेको छ । उद्घाटनपछि बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले बैंक मार्फत मास्टरकार्डको सेवालाई नेपाली बजारमा विस्तार गर्ने बताए । 

कार्यक्रममा मास्टरकार्डका दक्षिण एशियाली आर्थिक व्यवस्थापनका उपाध्यक्ष विकास बर्माले नेपालमा पछिल्लो समय विद्युतीय भुक्तानीमा देखिएको विकास क्रमको प्रसंशा गर्दै इन्भेष्टमेण्ट बैंकसँग भएको सहकार्यले थप भुमिका खेल्नेमा विश्वास व्यक्त गरे ।

बैंकले आन्तरीक तथा बाह्य बजारलाई लक्षित गरी दुई प्रकारको कार्ड प्रयोगमा ल्याएको छ । स्थानीय कार्ड नेपाल लगायत भारतमा समेत प्रयोग गर्न सकिन्छ भने अन्तर्राष्ट्रिय कार्ड विश्वभर प्रयोग गर्न सकिन्छ ।

बैंकले तीन महिनासम्म आफ्ना ग्राहकलाई निःशुल्क कार्ड जारी गर्ने र मास्टरकार्डबाट कारोवार गरेवापत नगद फिर्ता दिने योजना ल्याएकोछ  । बैंकले हाल ७७ वटा शाखा र १०५ वटा एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved