सानिमा बैंकबाट अनलाइन सेयर कारोबार, राफसाफ पनि अनलाइन बाटै

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Nov 13, 2018 | 08:24:32 AM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा बैंकले नेपालमै पहिलो पटक  "3 in 1 Account"  सेवाको सुरुवात गरेको छ । यस सेवा अन्र्तगत ग्राहकहरुले आफ्नो घर, कार्यालय वा संसारको कुनै पनि स्थानबाट अनलाईन मार्फत विना कुनै झन्झट शेयर कारोबार गर्न सक्ने बैंकले जानकारी दिएको छ  ।  त्यस्तै  शेयर कारोबारको रकम राफसाफ गर्नको लागि बैंक वा ब्रोकर कार्यालय धाउनु पर्ने बाध्यता पनि यसले अन्त्य गरेको बैंकले जनाएको छ ।  

बैंकले सानिमा क्यापिटल सँगको सहकार्यमा यो सेवा प्रदान गरेको हो ।  यसका लागि सानिमा क्यापिटलले शेयर ब्रोकर कम्पनीहरु सँग थप सहकार्य गरेको र सम्पुर्ण व्यक्तिगत ग्राहकहरुले यो सुविधा प्राप्त गर्न बैंकले स्पष्ट पारेको छ ।  

ग्राहकहरुले बैंकको वेबसाइटमा लगईन गरी नेपालभरि रहेका कुनै पनि शाखाबाट सो खाता संचालनका लागि निवेदन दिन सक्ने पनि बैंकले जनाएको छ  ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved