महालक्ष्मी विकास बैकद्वारा उत्कृष्ट बिद्यार्थीलाई पुरस्कार वितरण

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 17, 2018 | 08:39:09 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी बिकास बैंक @Maha ले संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रमलाई निरन्तरता दिंदै प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरद्वारा आयोजित निबन्ध प्रतियोगिताका सर्वोत्कृष्ट तीन उम्मेद्वारहरुलाई पुरस्कार वितरण गरेको छ।

बैंकको विराटनगर शाखा कार्यालयले ६३ औँ प्रहरी दिवसको अवसरमा आयोजित निबन्ध प्रतियोगिताका उत्कृष्ट उम्मेदवारहरुलाई पुरस्कार वितरण गरेको हो। 

वर्तमान परिस्थितिमा देशमा विभिन्न यौनजन्य अपराध बढिरहेको अवस्थालाई मध्यनजर गर्दै यस किसिमको जघन्य अपराधको सम्भावित रोकथामका उपायहरु उजागर गर्ने उद्देश्यले बैंकको विराटनगर शाखाले प्रदेश नं १ प्रहरी कार्यालयद्वारा आयोजना गरिएको “यौनजन्य हिंसाका कारण, रोकथाम र नागरिकको भूमिका” विषयक निबन्ध प्रतियोगितामा सो प्रदेश अन्तर्गतका १४ जिल्लाका समग्र विद्यालयका नौ, दश, एघार, र बाह्र कक्षामा अध्ययनरत विद्यार्थीहरुबाट उत्कृष्ट ३ जनालाई्र पुरस्कार वितरण गरेको हो। 

बैंकले सहभागी विद्यार्थीहरुबाट निकै नै चेतनामूलक, प्रभावकारी उपायहरुको वर्णन गर्न सफल सर्वोत्कृष्ट तीन विद्यार्थीहरु मोनिका कार्की, विपना बराइली र समीक्षा अधिकारीलाई क्रमशः प्रथम पुरस्कार २०,०००, द्वितीय पुरस्कार १५,००० र तृतीय पुरस्कार र१०,००० ले पुरस्कृत गरेको छ।  उक्त पुरस्कार प्रदेश नं १ का माननीय मुख्य मन्त्री शेरधन राईले विजेताहरुलाई हस्तान्तरण गरेका हुन।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved