अनलाइन शेयर कारोबारको लागि प्रभु बैंकको छुट्टै खाता संचालन , के पाइन्छ सुबिधा ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 01, 2019 | 07:49:03 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बैंक Prabhu Bank Limited ले  अनलाईन शेयर कारोबारको नयाँ खाता संचालनमा ल्याएको छ  । बैंकले  स्वचालित प्रणालीबाट अनलाईन शेयर कारोबार गरी शेयर खरिद विक्री बापतको रकम रकमान्तर तथा राफसाफको लागि 'प्रभु अनलाईन ट्रेडिङ बचत खाता' सञ्चालनमा ल्याएको हो । 

 यस बचत खाताबाट लगानीकर्ताहरुले घरमै बसी बसी सजिलै स्वचालित अनलाईन शेयर कारोबार गर्न तथा शेयर खरिद विक्री बापतको रकम राफसाफ गर्न सक्ने बैंकले जनाएको छ ।  यो खाता खोल्ने ग्राहकलाई निशुल्क ई बैंकिंग सेवा प्रदान गरिने पनि बैंकले जानकारी दिएको छ।  

अनलाइन ट्रेडिङको लागि नेप्सेले प्रभु सहित ४ बाणिज्य बैंकसंग 'बैंक इन्टिग्रेसन गरेको थियो  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved