एनसीसी सहित दर्जन बैंकहरुलाई अयोग्य संचालक हटाउन अन्तिम निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 10, 2019 | 01:29:48 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले बैक वित्तीय संस्थाहरुलाई तत्काल अयोग्य संचालक हटाउन निर्देशन दिएको छ। राष्ट्र बैंकले नेपाल क्रेडिट एण्ड कमर्श, एनसिसि स्सहित दर्जन बढी बैंक वितिय संस्थाहरुलाई अयोग्य संचालक व्यवस्थापन गर्न भन्दै पत्र काटेको छ।

संचालकको योग्यता 'बैक तथा बित्तीय संस्थाका संचालक र कार्यकारी प्रमुखको नियुक्तिका लागि आबश्यक योग्यता तथा कार्य अनुभव सम्बन्धि बिनियमावली,२०७४" को बिनियम ३ मा तोकिए बमोजिम नभएको बन्दै बैंकहरुलाई राष्ट्र बैंकले अन्तिम निर्देशन दिएको हो। 

यसअघि राष्ट्र बैंकले एनसीसी लगायत केहि बाणिज्य बैंकहरुलाई तत्काल अयोग्य संचालक व्यवस्थापन गर्न निर्देशन दिंदै पत्र काटेको थियो। तर बैंकहरुले साबिक ऐन बमोजिम योग्यता पुगी नियुक्ति भएका संचालकको हकमा कार्यकाल पूरा नहुन्जेल जुन ऐनबाट नियुक्ति भएको हो त्यही ऐन लागू हुन दिनुपर्ने र नयाँलाई नयाँ ऐनको प्राबधान हुने भन्दै राष्ट्र बैंकलाई जवाफ पठाएका थिए। 

सम्बन्धित बैंकहरुले नयाँ प्राबधान अनुसार अयोग्य संचालकहरुलाई उनीहरुको कार्यकाल नसकिदा सम्म पदमा रहन छुट दिन गरेको आग्रहलाई राष्ट्र बैंकले अस्विकार गरेको छ। राष्ट्र बैकमा व्यापक छलफल पछि बैंकहरुले लेखेको उल्लिखित पत्र मान्य हुन सकेन। र राष्ट्र बैंकले तत्कालै यहि साधारणसभाबाट अयोग्य संचालक हटाएर नयाँ प्राबधान अनुसार योग्य संचालक नियुक्तिलाई बैंकहरुलाई अन्तिम निर्देशन दिएको हो। 

यसअघि संबैधानिक पद धारण गरेका संचालकहरुले पनि यस्तै जिकिर गर्दा राष्ट्र बैकले नमानेपछि बाध्य भएर उनीहरुले पदबाट राजिनामा दिएका थिए। सोही आधारमा तत्काल न्युनतम योग्यता सम्बन्धी तोकिएका आबश्यक कानुनी प्रक्रिया पूरा गरि बित्तीय अनुशासन कायम राख्न पुन: राष्ट्र बैंकको बैक सुपरिबेक्षणले अन्तिम निर्देशन जारी गरिसकेको स्रोतले जनाएको छ। तर केहि बैंकहरुले यो राष्ट्र बैंकको निर्देशनलाई अटेर गरि बसिरहँदा अयोग्य संचालकहरुले गरेको निर्णयमाथि नै कानुनी प्रश्नचिन्ह खडा भएको छ। 

यसअघि: अयोग्य संचालकमाथि राष्ट्र बैंकको एक्सन, बैंकलाई दियो यस्तो निर्देशन

त्यसो त राष्ट्र बैंकका प्रवक्ता नारायण प्रसाद पौडेलले राष्ट्र बैंकले जारि गरेको निर्देशन नमान्ने बैंकहरुको निगरानी भईरहेको र कुनै पनि बेला निर्देशन नमान्ने बैंकहरुमाथी कडा कारबाही हुन सक्ने बताएका छन। 

राष्ट्र बैंकले अन्तिम निर्देशन भन्दै पत्र काटेपछि केहि बैंकका संचालकहरु तत्काल हुन लागेको बार्षिक साधारणसभाबाट म्याद सकिएर बिदा हुने र केहिले राजिनामा दिएर मार्ग प्रशस्त गरिदिने बाटोमा लागेका छन। यद्दपी एनसीसी, सनराइज लगायतका बैंक संचालकहरु भने अझै पनि ठोस  निर्णयमा पुग्न सकेका छैनन। 

राष्ट्र बैंकको नयाँ प्राबधानअनुसार अयोग्य साबित भएका बैंक संचालकहरुले गर्ने काम कारबाही स्वत कानुन सम्बत नहुने भएकाले अयोग्य संचालक भएका बैंकहरुका कतिपय निर्णय आजपनि प्रश्नको घेरामा छन।

बिजपाटी डटकमले बैंकहरुमा अयोग्य संचालकबारे समाचारलाई निरंतरता दिइरहेको छ। यसअघि बैंक वित्तीय संस्थामा अझै 'अयोग्य' संचालकको बिगबिगी, राष्ट्र बैंक मुकदर्शक किन ?' भन्ने शिर्षकमा समाचार लेखेको चौथो दिनपछि राष्ट्र बैंकले सम्बन्धित बैंकहरुलाई पत्र काटेको थियो।    


सञ्चालकको योग्यता  
(क) विदेशी वा स्वदेशी बैंक वा वित्तीय संस्था वा सम्बन्धित क्षेत्रका संगठीत संस्थाको संचालक वा पदाधिकारी तहमा वा नेपाल सरकारको अधिकृत स्तरमा कम्तीमा पाँच वर्ष काम गरेको
(ख) स्नातकोपाधि हासिल गरेको र विदेशी वा स्वदेशी बैंक वा वित्तीय संस्था वा सम्बन्धित क्षेत्रका संगठित संस्थाको संचालक वा पदाधिकारी तहमा वा नेपाल सरकारको कम्तीमा अधिकृत स्तरमा कम्तीमा तीन वर्ष काम गरेको
(ग) तोकिए बमोजिम सम्बन्धित विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि ‘घ’ वर्गको वित्तीय संस्थाको सञ्चालकको शैक्षिक योग्यता तथा अनुभव राष्ट्र बैंकले
समय समयमा तोके बमोजिम हुनेछ । तर, स्वतन्त्र सञ्चालकको योग्यता दफा १७ बमोजिम हुनेछ ।


स्वतन्त्र सञ्चालकको योग्यता 
(क) ‘क’ वर्गको बैंक वा ‘ख’ वर्गको राष्ट्रियस्तरको विकास बैंकको हकमा राष्ट्र बैंकले तोकेको विषयमा स्नातकोत्तर गरी राष्ट्र बैंकले तोके बमोजिम अनुभव प्राप्त व्यक्ति,
(ख) ‘ख’ वर्गको राष्ट्रियस्तरको विकास बैंक वाहेक ‘ख’ वर्गको अन्य विकास बैंक एवं ‘ग’ वर्गको वित्तीय संस्थाको हकमा राष्ट्र बैंकले तोकेको विषयमा स्नातक गरी राष्ट्र बैंकले तोके बमोजिम अनुभव प्राप्त व्यक्ति,
(ग) ‘घ’ वर्गको लघुवित्त वित्तीय संस्थाको हकमा राष्ट्र बैंकले तोके बमोजिम योग्यता तथा अनुभव प्राप्त व्यक्ति ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved