प्रभु बैंकमा रकम जम्मा गरेर तेल भर्न सक्ने ब्यबस्था

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 21, 2019 | 08:51:20 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बैंकले बाराको अमलेखगञ्जमा  एक्स्टेन्सन काउण्टर स्थापना गरेको छ  । बैंकले नेपाल आयल निगमको परिसरमा बिरगञ्ज शाखाको एक्स्टेन्सन काउण्टर स्थापना गरेको हो ।  निगमका क्षेत्रीय प्रमुख प्रदिप कुमार यादवले काउण्टरको उद्घाटन गरेका हुन् । 

काउन्टर उद्घाटन गर्दै क्षेत्रीय प्रमुख यादवले पेट्रोलियम पदार्थको कारोबार गर्ने डिलर्सहरुलाई पेट्रोलियम पदार्थको कारोबार गर्न सहज हुने बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले अमलेखगञ्जस्थित नेपाल आयल निगमको ईन्धन डिपोेसँग कारोबार गर्ने पेट्रोलियम व्यवसायीहरुको सुविधालाई मध्येनजर गरी बैंकले एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको बताए । साथै, अब  खातामा निःशुल्क रुपमा रकम जम्मा गरी पेट्रोलियम पदार्थको कारोबार गर्न सकिने व्यवस्था बैंकले मिलाएको पनि उनले बताए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved