सेञ्चुरी बैंक र कर्जा सुरक्षण कोषबीच सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 19, 2019 | 05:13:40 PM मा प्रकाशित

laxmi  sunrise bank

सेञ्चुरी बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच कर्जासुरक्षण सम्बन्धि सम्झौता भएको छ । नेपाल राष्ट्र बैंकबाट निर्देशीत “सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदान” अन्तर्गत विभिन्न शिर्षकमा प्रदान गरिने कर्जाको सुरक्षणको लागि सम्झौता  भएको हो । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसी राम गौतम र निक्षेप तथा कर्जा सुरक्षण कोषका प्रमुख कार्यकारी अधिकृत बिष्णु बाबु मिश्रले हस्ताक्षर गरे । 

सम्झौतापछि सेञ्चुरी बैंकले लघु, साना तथा मझौला उद्यमका साथै विपन्न वर्ग कर्जाहरुमा लगानि बढाउने बताईएको छ । 

बैंकले हाल काठमाडौं उपत्यकामा १३ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टरहरु र उपत्यका बाहिर ९८ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टर र १३ वटा शाखारहित बैंकिङ्ग इकाई मार्फत सेवा दिँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved