सिन्धु विकास बैंकले काभ्रेको पनौती बजारमा शाखा सञ्चालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटीले यो शाखाको उद्घाटन गरे । यो बैंकको १४ औं शाखा हो ।
बैंकका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत रमेश प्रसाद जोशीले बैंकको हाल सम्मको प्रगती तथा भावी कार्यक्रमको बारेमा जानकारी गराए ।
सिन्धुपाल्चोकको बाह्रविसेमा मुख्य कार्यालय र बनेपामा कर्पोरेट तथा शाखा कार्यालयसहित जम्मा १४ शाखा तथा दुई सिमित बैंकिङ्ग ईकाई मार्फत बैंकले सेवा दिँदै आएको छ ।