एनआईसी एशिया बैंकको ग्राहकहरुले एभरेष्ट अस्पतालमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा ५% देखि १०% सम्मको छुट पाउने भएका छन् । बैंकका कर्मचारी, बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गलाई एभरेष्ट अस्पतालमा उपचार गराउँदा ५% देखि १०% सम्मको सहुलियत दिने बिषयमा बैंक र अस्पताल बिच सम्झौता भएको हो ।
बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोष कुमार राठी र एभरेष्ट अस्पतालको प्रशासन प्रमुख दीपक चन्द्र बरालले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।