प्राइम कमर्सियल बैंकको एघारौ बार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकले शेयरधनीहरुलाई १६ प्रतिशत वोनस सेयर दिने निर्णय गर्दै साधारण सभा समापन गरेको हो। बैंकले शेयरधनिलाइ १ अर्ब २८ करोड ५३ लाख बराबरको लाभांस बितरण गरेको हो ।
आइतबार सम्पन्न साधारण सभाले संस्थापक सेयरधनिहरुबाट सन्चालक समितिमा उदय मोहन श्रेष्ठ, नरेन्द्र बज्राचार्य र राजेन्द्र दास श्रेष्ठ लाई निर्विरोध निर्वाचित गरेको छ । यस्तै साधारण शेयर धनीको तर्फबाट सन्चालक समितिमा मनोज पौडेल र प्रचण्डमान श्रेष्ठ लाई निर्विरोध निर्वाचित गरेको छ ।