जनता बैंकका ग्राहकलाई ओम हस्पिटलमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 04, 2019 | 04:12:53 PM मा प्रकाशित

laxmi  sunrise bank

जनता बैंक Janata Bank Nepal Limited का ग्राहकले ओम हस्पिटलमा उपचार सेवामा छुट पाउने भएका छन् । बैंक र हस्पिटलबीच भएको सम्झौता अनुसार बैंकका ग्राहक तथा कर्मचारी र तिनका अश्रितहरुले स्वस्थ्य सेवामा बिशेष छुट पाउने भएका हुन् ।

उक्त छुट सुविधा अस्पतालबाट प्रदान गरिने सम्पूर्ण ओ.पि.डि. सेवा, ल्याव, भर्ना भई गरिने उपचार सेवा, बेड चार्ज तथा अप्रेशनमा प्रदान गरिने छ ।  सुविधा प्राप्त गर्नको लागी अस्पतालको विल भुक्तानीको क्रममा ग्राहकले बैंकको एटिएम कार्ड अथवा ग्राहक खुल्ने कुनै कागजात पेश गरी लिन सक्नेछन् ।

सम्झौतामा  हस्पिटलका तर्फबाट प्रबन्ध संचालक बाबुकाजी कार्की र बैंकका तर्फबाट चाबहिल शाखाका शाखा प्रबन्धक सुरेश गौतमले हस्ताक्षर गरेका छन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved