नेपाल एसबिआई बैंक Nepal SBI Bank Limited को अध्यक्षमा स्टेट बैंक अफ इण्डियाका प्रतिनिधि बि.आर.एस. सत्यनारायण चयन भएका छन् । उनी एस.बि.आई. को मुम्बई स्थित प्रधान कार्यालयको अन्तर्राष्ट्रिय बैंकिङ्ग समूहमा मुख्य महाप्रबन्धकको पदमा कार्यरत रही एस.बि.आई. का एशिया, अफ्रिका तथा अष्ट्रेलियामा रहेका बैंकिङ्गसँग सम्बन्धित मामिला हेर्ने प्मुख हुन् ।
नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठले पद तथा गोपनीयताको शपथ ग्रहण गराए ।