कुमारी बैंक Kumari Bank Limited ले एकै दिन काठमाडौं उपत्यकामा दुईवटा शाखा बिस्तार गरेको छ । बैंकले बिहिबार ललितपुरको झम्सिखेल र काठमाडौँको ठमेलमा शाखा बिस्तार गरेको हो ।
बैंकले हाल ९६ वटा शाखा कार्यालय, ८४ वटा एटिएम, ३ एक्सटेन्सन काउन्टर तथा ३ वटा शाखारहित बैंकिङ्ग इकाई मार्फत सेवा प्रदान गरिरहेको छ ।