प्रभु बैंक Prabhu Bank Limited ले “Prabhu Easy Forex” एप्लीकेसन सञ्चालनमा ल्याएको छ । बैदेशिक मुद्रा सटही सुविधालाइ मोवाइलमार्फत अनलाइन आवेदन गर्न सकिने गरि बैंकले यो सेवा सञ्चालनमा ल्याएको हो ।
रोजगारी, व्यवसाय, पर्यटन तथा अन्यप्रयोजनको लागि हाल बिदेश भ्रमण गर्नेको संख्या बढ्दै गइरहेको र बैंकमै पुगेर सटहीको आवेदन गरी बैदेशिक मुद्रा लिनुपर्ने बाध्यता रहेकाले यसलाई सरलिकृत गर्न यो सुविधा ल्याएको जनाएको छ ।
उक्त एप्लीकेसन मार्फत बैदेशिक मुद्रा सटहीको लागि अनलाइन आवेदन गर्न सकिनेछ । आवेदकलाइ बैंकवाट केही समय भित्रमै एसएमएस मार्फत सटहीको कन्फर्मेसन प्रदान गरिनेछ । त्यसपछि आवेदकले आफ्नो अनूकुल समयमा तोकिएको शाखा तथा काउण्टरबाट बैदेशिक मुद्रा संकलन गर्न सक्ने बैंकले जनाएको छ ।