सीइओ पद गुमेपछि सर्वोच्च पुगे मानन्धर, बैंक भन्छ 'जानकारी छैन'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 09, 2019 | 09:58:22 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले कार्यन्वयनमा ल्याएको उमेहदको कारण अवकाश पाएका प्राइम बैंकका सिईओ नारायणदाश मानन्धर सवोच्च पुगेका छन् । उमेरहदको ब्यवस्था कानुन बमोजिम नभएकोभन्दै मानन्धरले राष्ट्र बैंकलाई विपक्षी बनाउँर्दै बुधबार सवोच्चमा मुद्धा दर्ता गराएका हुन् । मानन्धरको मुद्धाको विहिबार नै पेशि तोकिएको भएपनि समय अभावको कारण बहस हुन सकेको थिएन । तर शुक्रबार भने सर्वोच्चले उक्त मुद्धाको लागि पेशि तोकिएको छैन ।

नेपाल राष्ट्र बैंकले गत बुधबार एक परिपत्र जारि गर्दै बैंकको सञ्चालक र सिइओको लागि उमेहद तोकेको थियो । केन्द्रिय बैंकले सिइओको लागि ६५ वर्ष र बहालवालको हकमा ६९ वर्ष हद तोकेको थियो । त्यस्तै राष्ट्र बैंकले सञ्चालकको लागि ७० वर्ष र बहालवालको हकमा ७४ वर्षक उमेहद तोकेको थियो ।

राष्ट्र बैंकको उक्त ब्यवस्थाले प्राइम बैंकका सिइओ मानन्धर सहित नविल बैंकका अध्यक्ष शम्भु प्रसाद पौडेल, एभरेष्ट बैंकका अध्यक्ष विके क्षेष्ठ र केही बैंकका सञ्चालककले अवकाश पाएका थिए ।

के भन्छन् प्राइम बैंकका अधिकारी ?

प्राइम कमर्सियल बैंकका डिजिएम तथा प्रवक्ता भाइराजा तुलाधर मुद्दाको विषयमा बैंकलाई कुनै जानकारी नभएको बताउँछन् । उनले भने ‘सिइओ सर राष्ट्र बैंकको परिपत्र आएको भोलिपल्ट देखि नै बैंकमा आउनुभएको छैन, बैंक सञ्चालक उहाँ बैंकमा नआएपछि गत मंगलबार नै बैंक सञ्चालक समितिले संजिव मानान्धरलाई निमत्त सिइओको जिम्मेवारी दिएको छ । यस विषयमा बैंकलाई थप जानकारी छैन ।’

के भन्छ नेपाल राष्ट्र बैंक ?

मानन्धरले मुद्दा दायर गरेपछि राष्ट्र बैंकले यो निर्णय पुनर्विचार गर्ने चर्चा चलेको भए पनि बिजपाटीको प्रश्नमा राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौला यस विषयमा कुनै औपचारीक छलफल नभएको बताउँछन् । उनले भने ' विहिबार साँझ बसेको बैंकको बोर्ड बैंठकमा पनि यस विषयमा कुनै छलफल भएको छैन' । उनले अन्य कुनै बैंठकमा पनि यस विषमा छलफल भएको जानकारी आफुलाई नरहेको बताए । यस विषयमा अदालतबाट औपचारिक जानकारी नआएसम्म राष्ट्र बैंकको कुनै सरोकार नरहने पनि उनले स्पष्ट पारे। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved