बिजपाटी सम्बाददाता     Sep 25, 2019 | 01:59:48 PM


ruslan

कृषि विकास Agriculture Development Bank Limited  ले आफ्नो बैंकबाट भएको रकम चोरीको विषय छानविन गर्न समिति गठन गरेको छ। बैंकले विनोद कोइरालाको संयोजकत्वमा ४ सदस्यीय छानविन समिति समेत गठन गरेकाे छ।  

साथै बैंकले लहान शाखाका सबै कर्मचारी परिवर्तन गरेको छ।  बैंकले उक्त शाखाका कर्मचारीलाई निलम्बन गरी अनातारिक अनुसन्धान गरिरहेको हो  ।  

कृषि विकास बैंकबाट ५ करोड रुपैयाँ चोरी भएको पुष्टि भएको छ। चोरी भएको रकम मध्ये ६० लाख निकालिएको महानगरीय प्रहरी अपराध शाखाले जनाएको छ। 

चोरी भएको ४ करोड ७३ लाख रुपैयाँ कृषि विकास बैंकका बिभिन्न ११ वटा खातामा ट्रान्सफर भएको देखिएको छ। त्यस्तै कैलाश विकास बैंकको खातामा मात्रै १९ लाख ट्रान्सफर गरिएको पाइएको अपराध महाशाखाले जनाएको छ।

प्रहरी अपराध महाशाखाकाअनुसार उनीहरुले कैलाश विकास बैंकको शाखा तथा कृषि विकास बैंकको लहान, धनगढी र भजनी शाखाबाट ६० लाख रुपैयाँ निकालिएको छ भने ६० लाख रुपैयाँ प्रहरीले बरामद गरेको छ।  

मुख्य योजनाकार भारतमा रहेको अनुसन्धानले देखाएको छ। नेपालमा पक्राउ परेका ११ जना भारतमा रहेका योजनकारको 'भरिया' मात्रै रहेको पाइएको छ। उनीहरुले कमिशन बापत १० देखि ३५ प्रतिशत पाउने गरेको अनुसन्धानले देखाएको छ। 

बैंकका कार्यवाहक उपमहाप्रबन्धक दीर्घवहादुर अर्यालले ट्रान्सफर गरिएको ४ करोड ७३ लाख मध्ये ५३ लाख निकालिएपनि बाँकी पैसा रोक्का राखिएको बताएका छन। 'बैंकको जुन शाखामा ट्रान्सफर गरिएको छ त्यहीं नै रोक्का रहेको छ, निकालिएको पैसा निक्षेपकर्ताको नभई बैंकको लहान शाखाको आम्दानी हो' अर्यालले भने। 

उनीहरु ५ अर्ब रुपैयाँ ह्याकिंङ गर्ने योजनाअनुसार कृषि विकास बैंकबाट रकम ट्रान्सफर गरेको अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ। पैसा ट्रान्सफर भएका खाता कृषि विकास बैंकका ऋणीहरुको रहेको समेत अनुसन्धानमा खुल्न आएको छ।

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका









Close in 7