राष्ट्रिय वाणिज्य बैंकको सहायक कम्पनी आरविवि मर्चेन्ट बैंंकिङ्गकोे प्रमुख कार्यकारी अधिकृतमा बद्रीप्रसाद प्याकुरेल नियुक्त भएका छन् । प्याकुरेल कार्तिक १ गतेबाट लागु हुने गरी ४ बर्षको लागि नियुक्त भएका हुन् । उनले आज नै पदभार ग्रहण गरेका छन् ।
प्याकुरेलकोे अर्थशास्त्र विषयमा स्नातकोत्तर गरेका छन् भने उनको बैंकिङ्ग तथा पूंजीबजारमा पन्ध्र वर्ष भन्दा बढिको अनुभव रहेको छ । उनी यस अघि एनआईबिएल एस क्यापीटलमा सहायक महाप्रबन्धक पदमा कार्यरत थिए।
आरविवि मर्चेन्ट बैंकिङ्गको हाल २० करोड चुक्तापूंजी रहेको छ ।