पहिलो त्रैमासमा बैंकहरुको नाफा २५ प्रतिशत बढ्ने

निक्षेप र कर्जा कति ?
बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 20, 2019 | 06:09:14 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको पहीलो त्रैमासमा बैंकहरुको नाफा करिब २५ प्रतिशतले बढ्ने भएको छ।  गत वर्षको पहिलो त्रैमासको तुलनामा नाफा २५ प्रतिशतले बढ्ने बैंकरहरुले बताएका हुन्। बैंक अनुसार नाफा फरक पर्ने भएपनि औसतमा करिब २५ प्रतिशतको नाफा बढ्ने गरि रिपोर्ट आउने बैंकरहरुले बताएका हुन्  । गत आर्थिक वर्षको पहीलो त्रैमासमा बैंकहरुले करिब १५ अर्ब ३० करोड मुनाफा आर्जन गरेका थिए ।

पहिलो त्रैमासमा बैंक तथा वित्तीय संस्थाले ७४ अर्ब ६२ करोडले निक्षेप बढाउँदा कर्जा १ खर्ब १५ अर्ब ६८ करोड बढाएका छन् । नेपाल राष्ट्र बैंकको अनुसार गत असार मसान्तमा ३३ खर्ब ५४ अर्ब २८ करोड निक्षेप संकलन गरेका बैंकहरुले असोज मसान्तमा आउँदा ३४ खर्ब २९ अर्ब ४ करोड पुर्याएका छन् ।

निक्षेप संकलनको तुलनामा कर्जा लगानीमा आक्रमक देखिएका बैंकहरुले सोही अवधिमा निक्षेपको भन्दा करिब ४१ अर्बले बढी कर्जा लगानी गरेका छन् । गत असार मसान्तमा २९ खर्ब १० अर्ब ५१ करोड कर्जा लगानी गरेकोमा असोज मसान्तमा आउँदा ३० खर्ब २६ अर्ब १९ करोड कर्जा लगानी गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

बैंकहरुले आक्रमक कर्जा विस्तार गरेपनि बैंकिङ प्रणलीमा पर्याप्त तरलता रहेको नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौला बताउँछन्। असोज मसान्तको तथ्याङक अनुसार बैंकिङ प्रणलीमा करिब ५३ अर्ब तरलता रहेको उनले बताए । बैंकिङ क्षेत्रमा पर्याप्त तरलता रहेको देखीएपनि नेपाल राष्ट्र बैंकले अन्तर बैंक ब्याजदरलाई नियन्त्रणमा राख्नको लागि प्रयोगमा ल्याएको ब्याजदर कोरिडोरले भने त्यस्तो देखाउँदैन । बैंकहरुमा पर्याप्त लरलता हुँदा समान्यतया ५ प्रतिशतको आसपासमा हुनुपर्ने अन्तर बैंक ब्याजदर ५.८३ प्रतिशत रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved