ग्लोबल आइएमईका १० शाखारहित बैंकिङ्ग सेवा थपिए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 07, 2019 | 05:51:23 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंक Global IME Bank Limited ले १० वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले बाग्लुङको तारा खोलागाउँपालिका वडा नं. २, नवलपुरको गैडाकोट नगरपालिका वडा नं. ३, बैतडीको पुर्चाैडी नगरपालिका वडा नं. ५, बाग्लुङकै जैमीनी नगरपालिका वडा नं. ८, म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं. १, मकवानपुरको बागमती गाउँपालिका वडा नं. ६, रोल्पाको रोल्पा नगरपालिका वडा नं. ३, लुुंग्री गाउँपालिका वडा नंं. ३, गंगादेव गाउँपालिका वडा नं. १ र परिवर्तन गाउपालिका वडा नं. ६ मा शाखारहित बैंकिङ्ग सेवाको शुरुवात गरेको हो ।

यीसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवाको संख्या १९४ पुगेको छ । सँगै बैंकले हाल १४९ वटा शाखा, ३० वटा एक्सटेन्सनएवम् राजश्व संकलन काउण्टर, १५० एटिएम र नेपालबाहिर ३ प्रतिनिधि÷सम्पर्क कार्यालय मार्पmत सेवा प्रदान गर्दै आएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved