विजय पराजुली     Dec 02, 2019 | 01:37:03 PM



नेपाल राष्ट्र बैंक र अर्थमन्त्रालयको नीति स्पष्ट नहुँदा विकास बैंकहरुको भविष्यबारे अन्यौलता बढ्दै गएको छ । राष्ट्र बैंकको मर्जर तथा प्राप्ति विनियमावली ल्याउँदा ७ दर्जन भन्दा बढी रहेका विकास बैंकहरु हाल २ दर्जन भन्दा तल आइसकेका छन।

हाल कायम विकास बैंक पनि नियामक निकायका बेलाबेलामा आउने अभिब्यक्तिले आफ्नो भविष्य स्पष्ट नभएको भन्दै धमाधम मर्जमा गइरहेका छन् । अहिले पनि आधा दर्जन बैंकहरु राष्ट्र बैंकको स्पष्ट नीतिको पर्खाइमा छन् भने अन्य विकास बैंकहरु उपयुक्त प्रस्ताव आएमा अन्य बैंक तथा वित्तीय संस्थामा विलिय हुन तयार रहेका छन ।

कुनै समयको १ नम्बरको कैलाश विकास बैंकले नै मर्जमा जाने सम्झौता गर्दा अन्य स्थापित र बलियो भनिएको विकास बैंकहरुको विश्वास डगमगाएको स्रोतको दाबी छ । वित्तीय क्षेत्रका जानकाहरुको भनाईलाई आधार मान्ने हो भने कैलाशले प्राइम कमर्सियल बैंकसँग गाभिने सम्झौता गर्नु नै विकास बैंकहरुको अस्तित्व समाप्त हुने संकेत हो । त्यस्तै बलियो रुपमा रहेको गण्डकी विकास बैंक पनि मेगा बैंकमा मर्ज हुन् जानुले अन्य विकास बैंकको विश्वास गुमेको जानकारहरु बताउँछन ।

तर बैंकर्सहरु भने कैलाश र गण्डकी मर्जमा जानु मात्रै नभएर नियामको स्पष्ट नीति अभावको कारण विकास बैंकहरु अन्योलमा रहेको बताउँछन । डेभलपमेन्ट बैंकर्स संघका एक अधिकारीले भन्छन् 'राष्ट्र बैंक एक थरी कुरा गर्छ, अर्थ मन्त्रालयबाट त्यसको ठिक बिपरितको कुरा आउँछ, नियामकको नीति प्रष्ट नहुँदा समस्या भयो' । उनका अनुसार राष्ट्र बैंकका डेपुटी गभर्नर अब वाणिज्य बैंक र लघुवित्त मात्र रहने सार्वजनिक दिदै आएका छन् । तर त्यसको ठिक विपरित अर्थमन्त्री लघुवित्तलाई विकास बैंकमा रुपान्तरण गर्ने खालको अभिव्यक्ति दिने गरेका छन् । नियामक कै यस्तो विरोधाभाषपूर्ण अभिव्यक्तिबाट विकास बैंक अन्योलमा रहेको ति बैंकर बताउछन्। अहिले कायम विकास बैंकहरुले कुनै न कुनै रुपमा मर्जरको लागि छलफल चलाइरहेको तर केही बैंकहरु भने पर्ख र हेरको अवस्थामा रहेको स्रोतको दावी छ ।

क्षेत्रिय विकास बैंकमा पनि ठुला वाणिज्य बैंकको आँखा

क्षेत्रिय स्तका विकास बैंकहरुमा पनि वाणिज्य बैंकले प्राप्ति गर्न निरन्तर रुपमा छलफल गरिरहेका छन । सिटिजन्स बैंकले सहयोगि विकास बैंकसँग लामो छलफल पछि मर्जर सम्झौता गरेको थियो। त्यस्तै काभ्रे, सिन्धुपाल्चोक, दोलखा र मकवानपुरलाई कार्य क्षेत्र बनाएर संचालन भएको सिन्धु विकास बैंक पनि सिटिजन्सको नजरमा परेको बैंकका रुपमा लिइन्छ । नेपाल बंगलादेश बैंक सहित अन्य करिब आधा दर्जन बैंकले विभिन्न चरणमा सिन्धुसँग छलफल गरेको स्रोतको दाबी छ । तर सिन्धु विकास बैंक भने नियामकले अनुमति दिएमा प्रदेश ३ को एक्लो प्रदेश स्तरको विकास बैंकका रुपमा स्थापीत हुने योजनामा रहेको बताइन्छ ।

यस्तै प्रदेश ७ मा हाल एक मात्रै क्षेत्रिय स्तरको कञ्चन डेभलमेन्ट बैंक रहेको छ। सुदुरपश्चिम क्षेत्रमा कमजोर उपस्थिति रहेका ठुला बैंकहरुले पनि पटक पटक कञ्चनसंग छलफल गरिसेका छन । तर कन्चनको चाहना पनि सिन्धु जस्तै प्रदेश ७ को एक्लो विकास बैंक बन्ने लक्ष्य छ।

उता प्रदेश १ मा धरानको मितेरी, विराटनगरेको सप्तकोशी र झापाको एक्सेल विकास बैंक मिलेर प्रदेशको बलियो विकास बैंक बन्ने लक्ष्यमा छन्। तर राष्ट्र बैंककै नितिको पखाईमा रहेको बताइन्छ । त्यसो त पुर्वमा आफ्नो उपस्थिति बढाउन तुलनात्मक रुपमा कमजोर रहेका वाणिज्य बैंकहरुले यि बैंकसँग पनि छलफल गरिरहेका छन ।

पोखरापछि विकास बैंकहरुको बचश्व रहेको क्षेत्र हो बुटवल । हाल बुटवलमा दुई वटा बलियो विकास बैंकहरु छन । शाइना रेसुङगा डेभलपमेन्ट बैंक र तिनाउ मिसन डेभलपमेन्ट बैंक बुटवलमा छन् । शाइनले पुर्णिमा र भागर्व विकास बैंकलाई गाभेर राष्ट्रिय र स्तरको बन्नको लागि नेपाल राष्ट्र बैंकमा आवेदन दिइसकेको छ । त्यस्तै तिनाउ, मिसन र कम्युनीटी डेभलपमेन्ट मर्ज भएर बनेको तिनाउ मिसन डेभलपमेन्ट बैंक पनि बलियो बैंकको रुपमा स्थापित भएको छ । तिनाउ मिसन राष्ट्रिय स्तको बन्नको लागि पुँजी नगुगेपनि प्रदेश स्तरको बैंक बन्नको लागि पुँजी पुगिसकेको छ । तर तिनाउ मिसनको पनि अवको रणनीति राष्ट्र बैंकको निर्देशनमा निर्भर रहने स्रोतको दाबी छ ।

यता खोटाङको सालपा विकास बैंकलाई गोखार्ज फाइनान्सले प्राप्ति गर्ने सम्भावना रहेको छ। उता सर्लाहीको सहारा विकास बैंकले देव विकास बैंकमा गाभिने सम्झौता गरेको २ बर्ष बिती सक्दा पनि मर्जर प्रक्रिया अन्यौलमा छ। २ वर्ष देखि शेयर कारोबार रोक्का हुँदा लगानीकर्ता भने मारमा परेका छन ।

गण्डकी प्रदेशको बाग्लुङको ग्रिन डेभलपमेन्ट बैंक, विरगंजको कर्पोरेट डेभलपमेन्ट बैंक र नेपालगंजको कर्णाली डेभलपमेन्ट बैंक पनि अन्य बैंकले प्रस्ताव ल्याएमा बैंक जिम्मा लगाउन तयार रहेको स्रोतले जनाएको छ । यस्तै समस्याग्रस्त सुचिमा रहेको नारायणी डेभलमेन्ट बैंकको अन्योलता कायमै छ । प्रदेश २ मा प्रदेश स्तरको विकास बैंक बन्ने बताउँदै आएको सहयोगि विकास बैंक सिटिजन्समा गाभिने निर्णय गरेको थियो ।

क्षेत्रिय स्तरको विकास बैंकमा किन लगानी गर्दैछन वाणिज्य बैंक ?

क्षेत्रिय स्तरमा आफै ग्राहक वेस बढाउनु भन्दा ग्राहक बेस बनिसकेको साना बैंकलाई ५ प्रतिशत सम्म स्वाप बढी दिएर खरिद गर्दा पनि ठुला बैंकलाई घाटा नपर्ने जानकार बताउछन् । त्यहि कारण साना विकास बैंकलाई गाभ्न वाणिज्य बैंकहरु अग्रसर हुने गरेको बताइन्छ । त्यस्तै अहिले कै अवस्थामा ४÷५ अर्ब निक्षेप संकलन गर्न बैंकहरुलाई मुस्किल पर्ने तर सानालाई प्राप्ति गर्दा बनिरहेको शाखा संजाल, निक्षेप् र ग्राहकसहितको सम्पूर्ण संजाल नै स्वमित्वमा आउने हुँदा वाणिज्य बैंकहरु त्यता आकर्षित भएका हुन् । 

Share your thoughts!

विजय पराजुली

Reporter












Close in 7