सेञ्चुरी बैंकको चरिकोट शाखाले एक दिने वित्तीय साक्षरता आधारभूत कर्जा, लेखा तथा कर सम्बन्धी कार्यक्रम सञ्चालन गरेको छ ।बैंकले बुधबार दोलखा चेम्बर अफ कमर्ससंगको संयुक्त आयोजनामा उक्त कर्यक्रम सञ्चालन गरेको हो।
संस्थागत सामाजिक उतरदायित्व अन्तर्गत चरिकोटमा उक्त कार्यक्रम आयोजना गरेको बैंकले जनाएको छ । ११४ जनाभन्दा बढीको सहभागी कार्यक्रममा मुख्य विषयवस्तु बैंकिङ्ग कर्जा, व्यापार विस्तार, बैंकिङ्ग प्रणालि, लेखा तथा कर सम्बन्धी जानकारी दिएको थियो ।