एनएमबि बैंक भिसाको मुख्य सदस्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 15, 2019 | 06:17:57 PM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि बैंक NMB Bank Limited   भिसाको एक मुख्य सदस्य बैंक बनेको छ । भिसा वल्र्डवाइडसँग सम्झौता गरी एनएमबि नेपालका सीमित बैंकहरूमध्ये भिसाको एक मुख्य सदस्य बैंक बनेको हो ।

यस संगै बैंकलाई  विभिन्न क्षेत्रमा भुक्तानी प्रणाली स्वीकार गर्नका नयाँ अवसर खुल्ने बैंकले जनाएको छ  ।  यस पश्चात बैंकका ग्राहकहरूले भिसा भुक्तानीका विकल्पहरूको पहुँच प्राप्त गर्ने बैंकले विश्वास लिएको छ ।

यो साझेदारीले बैंक र भिसालाई देशैभरि भिसाको स्वीकार्यता विस्तार गर्न अवसर प्रदान गर्नेछ बैंकले जनाएको छ । त्यस्तै यसले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा भिजिट नेपाल २०२० अभियानमा स्विफ्ट भुक्तानी प्रक्रियामार्फत सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।  एनएमबी बैक र भिसाले भुक्तानी क्षेत्रमा सन् २०१२ देखि नै साझेदारी गर्दै आएका छन् ।

हाल एनएमबी बैंकको देशैभरि १६३ शाखाहरू, १२८ एटीएम र ५ एक्सटेन्सन काउन्टरहरूको सञ्जाल रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved