सनराइज बैंक Sunrise Bank Limited ले मोरङ्गमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । बैंकले ४६औं बैंकिंङ सेवा मोरङ्गको हरैचामा सञ्चालन गरेको हो ।
उक्त सेवाको सुन्दरहरैचा नगरपालिका–१ का अध्यक्ष विनोद बहादुर बस्नेत र बैंकका प्रादेशिक कार्यालय १ का प्रमुख विवेक निरौलाले बिहिबार संयुक्त रुपमा उद्घाटन गरेका हुन् । उद्घाटनसँगै उनिहरुले सेवाकी प्रतिनिधि ममता कुमारी चौधरीलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरेका छन् ।
हालसम्म बैंकले १३० वटा शाखा, ४६ वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १५२ वटा ए.टि.एम मार्फत सेवा दिदै आइरहेको छ ।