सिराहाको मालपोतमा नेपाल बैंकको एक्सटेन्सन काउन्टर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 11, 2020 | 04:09:00 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैंक Nepal Bank Limited  ले सिराहाको लहान नगरपालीकाको मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर स्थापना गरेको छ । उक्त काउन्टरको उद्धघाटन बैंकका कायम मुकायम सहायक प्रमुख कार्यकारी अधिकृत होमबहादुर खड्का र मालपोत कार्यालय लहानका प्रमुख हरिनारायण चौधरीले संयुक्तरुपमा गरेका हुन् । 

कार्यक्रममा सहायक प्रमुख खड्काले ग्राहकहरूको सुविधाका लागि नेपाल बैंकले काम गरिरहेको र मालपोत कार्यालयको एक्सटेन्स त्यस्तै एउटा उदाहरण रहेको बताए । त्यस्तै मालपोत प्रमुख चौधरीले सेवाग्राहीको हित हुने गरी काउन्टर खोलिदिएको भन्दै बैंकको व्यवस्थापनलाई धन्यवाद दिए । 

बैंकले १ सय ७६ शाखा, २५ वटा एक्सटेन्स काउन्टर र १ सय १६ एटिएम मेसिनबाट ग्राहकालाई सेवा प्रदान गरिरहेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved