एनआईसी एशिया बैंक NIC Asia Bank Limited ले ज्याला मजदुरी गर्नेहरुका लागि खाद्यान्न सामाग्री सहयोग गरेको छ । बैंकले प्रदेश एक अन्तर्गत ज्याला मजदुरी गर्ने गरिब तथा असहाय परिवारलाई पाँच लाख बराबरको खाद्यान्न वितरण गरेको जनएको हो ।
बैंकले चामल, तेल, नुन, दाल लगायतका खाद्यान्न सामग्रीहरु सहयोग गरेको जनाएको छ । बुधबार बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई उक्त खाद्यान्न सामग्री हस्तान्तरण गरेका हुन् ।