अनलाइनबाटै कोरोना बीमा गर्न एनआईसीले ल्यायो छुट्टै वेबसाइट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 29, 2020 | 08:26:20 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक NIC Asia Bank Limited  ले अनलाइन मर्फत कोरोना बीमाको लागि आवेदन दिन सक्ने ब्यबस्था गरेको छ । बीमा खरिदका लागि अनलाईनमार्फत छुट्टै पोर्टल नभएको अवस्थामा बैंकले वेबसाइट सार्वजनिक गरेको हो ।

वेबसाइट मार्फत कोरोना बीमाको लागि आवेदन दिन सकिने र बैंकको मोबाइल बैकिङ्ग वा ईन्टरनेट बैंकिङ्गबाट भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ । 

कोरोना भाइरस बीमालेखमा दुई श्रेणीको बीमांक कायम गरिएको छ । जसअन्तर्गत पहिलो श्रेणीको बीमालेख रू. १ लाख र दोस्रो श्रेणीको बीमालेख रू. ५० हजार रहेको छ । यसलाई खरिद गर्न प्रतिव्यक्ति क्रमशः रू. १००० र रू. ५०० लाग्नेछ । पारिवारिक वा संस्थागत रुपमा बीमा गर्नु परेमा प्रतिव्यक्ति क्रमशः रू. ६०० र रू. ३०० मा यस्ता बीमांकहरू गरिद गर्न सकिने व्यवस्था छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved