एनआईसी एशिया बैंकद्वारा ब्याज रकममा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 15, 2020 | 01:09:03 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक NIC Asia Bank Limited  ले ब्याज रकमको १० प्रतिशत छुट दिने भएको छ । जेठ मसान्त भित्र चुक्ता गर्नुपर्ने ब्याज तथा किस्ता समयमै चुक्ता गर्नेलाई ब्याज रकमको १० प्रतिशत छुट दिने बैंकले जनाएको छ ।

त्यस्तै जेठ मसान्तभित्र सम्पूण चुक्तागर्नुपर्ने रकम चुक्ता गरेमा जरिवाना ब्याजको शतप्रतिशत रकम छुट दिने जनाइएको छ । 

बैंकले असार महिनासम्मकोे सम्पूर्ण साँवा तथा ब्याजको बक्यौता रकम असार मसान्तसम्मा चुक्ता भुक्तन गरेमा विद्यमान ब्याजदरलाई कम गरी ९.९९ प्रतिशत कायम गर्ने जनाएको छ । यसका साथै चुक्ता भुक्तान गर्न ढिलाई गर्दा लाग्ने जरिवाना समेत मिनाहा गरिदिने बैंकले जनाएको छ । 

बैंकका अनुसार ९.९९ प्रतिशत भन्दा कम ब्याजदरमा कर्जा उपभोग गरिरहेका ग्राहकको हकमा भने विद्यमान व्यवस्था अनुसार नै ब्याजदर कायम रहनेछ । त्यसैगरी कर्जा नवीकरणको हकमा असार मसान्तसम्ममा नवीकरण गरिसक्नुपर्ने कर्जाहरूको समयमै नवीकरण गरेमा नवीकरण शुल्कमा ०.२५ प्रतिशत छुट प्रदान गरीएको बैंकले जनाएको छ । 

बैंकले असारसम्ममा नवीकरण गर्नुपर्ने कर्जाहरूको हकमा कर्जा नवीकरण नभएको आधारमा कुनै पनि थप ब्याज, जरिवाना तथा शुल्क नलाग्ने व्यवस्था समेत गरिएको जनाएको छ । 

बैंकले मुलुकभर ३२६ शाखा कार्यालयहरू, ४६४ एटिएम, १०१ वटा एक्स्टेन्सन काउण्टर एवं ६१ वटा शाखा रहित बैंकिङ्गमार्फत् सेवा प्रदान गर्दै आइरहेको छ । 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved