मर्जरमा जान बैंकहरुले मागे यस्तो सुविधा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 19, 2020 | 06:28:20 PM मा प्रकाशित

laxmi  sunrise bank

मर्जरमा जान वाणिज्य बैंकहरुले विभिन्न सुविधाहरु माग गरेका छन् । मौद्रिक नीतिको लागि राष्ट्र बैंकलाई सुझाव दिदै नेपाल बैंकर्स संघले सीआरआर र ब्याजदर अन्तरमा सहुलियत माग गरेका हुन् ।

संघले आर्थिक वर्ष २०७६÷७७ को मौद्रिक नीतिमा उल्लेख गरिएका सहुिलियतका अलावा दुई वर्ष सम्मका लागि सीआरआरमा १ प्रतिशत छुट दिन माग गरेका हुन् । 

त्यस्तै संघले बैंकहरु बीचको तिव्र प्रतिस्पर्धालाई ध्यानमा राख्दा व्याजदर अन्तरको सीमा राष्ट्र बैंकले तोक्नु सान्दर्भिक नेखिने भएकोले सीमा नतोक्न आग्रह गरिएको छ।  छिमेकी मुलुकहरु श्रीलका, बंगलादेश, भारतमा समेत व्याजदर अन्तरको सीमा नतोकिएको संघले जनाएको छ  ।

त्यस्तै आधार दर गणना गर्दा operating cost को शतप्रतिशत रकम राख्नु उपयुक्त हुने सुझाव संघले दिएको छ।  पुनरकर्जा अन्तर्गत प्रदान गरिएको रकम पूर्णरुपमा तोकिएको ग्राहकलाई प्रदान गरिने हुनाले सो रकमलाई आधारदर गणना गर्दा हटाइन पर्ने संघको माग छ।





Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved