Canvas is not supported in your browser.

वडादशैँ, दिपावली, छठ पर्व तथा नेपाल संवतको अवसरमा हाम्रा समस्त पाठकवर्ग, विज्ञापनदाता, शुभेच्छुक तथा शुभचिन्तकहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ । -बिजपाटी परिवार

१४ गुणा बढी तलब लिएर ग्लोबल आइएमई बैंकबाट बिदा हुने अवधि थपियो

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Jun 20, 2020 | 10:30:49 AM मा प्रकाशित

nj

ग्लोबल आइएमई बैंकले ल्याएको भीआरएस को अवधिको म्याद थप गरेको छ। थप सुविधा लिएर कामबाट बिदा हुने नहुने भन्नेबारे निर्णय लिन सहज होस् भन्ने उदेश्यले भिआरएसको अवधि थप गरिएको बैकले जनाएको छ। 

बैंकबाट बिदा लिनको लागि निर्णय लिन सजिलो होस् भन्ने उदेश्यले एक साताको लागि भिआरएसको अवधि थप गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुवंर क्षेत्रीले बताए। उनकाअनुसार यहि असार १० गतेसम्मलाई अवधि थप गरिएको छ। 

धेरै बैंक वित्तीय संस्थालाई प्राप्ति तथा मर्जर गरेको ग्लोबल आइएमई बैंकले बढी भएका कर्मचारी व्यवस्थापन गर्नका लागि देशभर थप शाखा संजाल बिस्तार गर्ने रणनीति लिएको थियो। तर कोरोनाका कारण शाखा थप गर्ने  योजना तत्काललाई स्थगित भएपछि कर्मचारी व्यवस्थापनका लागि एसिस्टेन्ट म्यानेजर माथिका कर्मचारीको लागि १४ महिनाको थप तलब दिएर बिदाइ गर्ने योजना ल्याएको हो। 

 यो पनि: १४ गुणा बढी तलब दिएर कर्मचारी बिदाई गर्दै ग्लोबल आईएमई बैंक

बैंकले एसिस्टेन्ट म्यानेजर माथिका १२८ कर्मचारी मध्ये करिब ४० जनाले यो सुविधा लिएर जाने अपेक्षा गरेपनि त्यहि अनुसार आबेदन नपरेकाले म्याद थप गरिएको आशंका गरिएको छ। यद्दपी बैंकका सीईओ क्षेत्रीले यत्तिका लामो समय कामगरेपछि कामबाट बिदा हुने नहुने निर्णय लिनलाई सहज होस् भन्ने उदेश्यले अवधि थप गरिएको बताएका छन्। 'निर्णय लिन सहज होस् भन्ने उदेश्यले मात्र अवधि थप गरिएको हो, अरु कुनै कारण छैन' उनले भने। 

बैंकले यसअघि भिआरएसको विकल्प लिएर बाहिरिन चाहनेको लागि असार ३ गते बुधबारसम्मको समय दिएको थियो। कोरोना महामारीको कारण व्यवसाय विस्तार र आम्दानीमा असर गर्ने भन्दै बैंक तथा वित्तीय संस्थाहरुले खर्च कटौतीको लागि विभिन्न उपायहरु अपनाउन लागेका छन्। 

अन्य बैंकले खर्च कटौती गर्न विभिन्न रणनीति अपनाएका छन् । जस अनुसार नबिल बैंकले घर भाडा छुटको आग्रह गर्ने तयारी गरेको छ भने अर्को एक बैंकले  आफ्ना  कर्मचारीको लागि दुधको चिया, कफी खान पनि बन्देज लगाएको छ । त्यस्तै केहि बैंकले करारमा कार्यरत कर्मचारीलाई समेत बिदा गर्ने योजना बनाएका छन्। 

यसअघि:

-अर्बपति बिनोद चौधरीको बैंकले दियो घर भाडा छुट माग्न निर्देशनखर्च
-कटौतीमा जुटे बैंकहरु, दुध चिया बन्देजदेखि प्रिन्ट नगर्नसम्मको उर्दी

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved