बिजपाटी सम्बाददाता     Jul 07, 2020 | 06:25:20 PM


tansen

नेपाल एसबिआई बैंक Nepal SBI Bank Limited  ले २७औं बार्षिकोत्सव मनाएको छ । बार्षिकोत्सव कार्यक्रममा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत निर्माण गरेको पशुपतिनाथ कलात्मक दक्षिणद्वार पशुपति क्षेत्र विकास कोषलाई हस्तान्तरन गरेको जनाइएको छ । 

कार्यक्रममा संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पशुपतिनाथ कलात्मक दक्षिण द्वारको समुद्घाटन गर्नुका साथै पशुपति क्षेत्रमा रहेको उक्त बैंकको एटिएमको पनि उद्घाटन गरेको जनाइएको छ । 


Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका






Close in 7