कर्मचारी र संचालकलाई कोरोना लागे के गर्ने ? यस्तो छ राष्ट्र बैंकको योजना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 14, 2020 | 01:36:40 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले कोभिड १९ को जोखिम ब्यबस्थापनको लागि कार्ययोजना तयार पारेको छ । राष्ट्र बैंकले 'कोभिड १९ संक्रमण जोखिमको ब्यबस्थापन  र बैंकको सेवा सुचारु राख्ने कार्ययोजना' पारित  गरेको हो ।

कार्ययोजनामा कोरोना जोखिम ब्यबस्थापन कसरी, कर्मचारी वा संचालकलाई संक्रमण देखिए के गर्ने लगायत विषय छन् । 

जसमा कर्मचारी वा संचालकलाई संक्रमण भए अस्पताल वा होटेलमा आईसोलेसनमा राखिने भएको छ । यसको खर्च भने बैंकले नै बेहोर्ने छ । उनीहरुको सम्पर्कमा आएकाहरुलाई पनि आईसोलेसनमा राखिने भएको छ । त्यस अवधिमा उनीहरुले बिना भत्ताको काज र क्वारेन्टाइनमा बस्दा वर्क फ्रम होमको सुविधा पाउने छन् 

राष्ट बैंकले कार्ययोजना लागु गर्न सम्पूर्ण विभाग, कार्यालय, महाशाखा र इकाईलाई पत्राचार गरेको छ । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved