अशोक लेलैण्डको गाडी किन्दा एनएमबि बैंकले कर्जा दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 29, 2020 | 05:20:53 PM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि बैंक NMB Bank Limited  र आईएमई मोटर्सबीच कर्जा सम्बन्धमा सम्झौता भएको छ । सम्झौतामा बैंकको तर्फबाट चिफ विज्नेस अफिसर सुदेश उपाध्याय र मोटर्सको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुरज भट्टराईले हस्ताक्षर गरेका छन् ।

सम्झौता अन्तर्गत आईएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकहरुले बैंकबाट योग्य व्यक्ति तथा संस्थाहरुलाई परिपत्र तथा सहुलियतपूर्ण कर्जाहरु पाउने छन् । भारतीय कम्पनी अशोक लेलैण्डद्वारा निर्मित र आईएमई मोटर्सद्वारा बिक्रि गरिएका डेस्ट मोडेलका सम्पूर्ण सवारी खरीद गर्दा ६० प्रतिशत छुट हुनेछ । यो सुविधा अशोक लेलैण्डद्वारा निर्मित र आईएमई मोटर्सद्वारा बिक्रि वितरण गरिएका अन्य सवारी साधनमा पनि कर्जा प्रवाह गर्ने बैंकले जनाएको छ । 

रेमिटेन्स व्यवसायबाट उदाएको आइएमई ग्रुप सन् २००१ मा स्थापना भएको हो  । रेमिटेन्स, बैंकिङ्ग इन्स्योरेन्स, अटोमोबाइल्स, इनर्जी, ट्राभल–टुर्स, पर्यटन, सूचनाप्रविधि, उर्जा लगायतको विभिन्न क्षेत्रमा लगानी विस्तार गर्दै नेपालमा रोजगारीकाअवसर सिर्जना गर्ने कार्यमा आइएमई ग्रुप निरन्तर लाग्दै आएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved