अनलाइनबाट दक्षिणा पठाउँदा एनआईसी एशिया बैंकले ५ सय दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 21, 2020 | 05:04:10 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक NIC Asia Bank Limited  ले मोबाईल बैंकिङ्गबाट दक्षिणा पठाउँदा आफ्नो तर्फबाट रकम थप गरिदिने भएको छ । दशैंमा बैंकको मोबाईल एपबाट दक्षिणा पठाउँदा बैंकले आफ्नो तर्फबाट १० प्रतिशत वा अधिकतम १ सय रुपैयाँसम्म थप  गरिदिने भएको हो । 

बैंकले डिजिटल रकम स्थानान्तरणमा प्रोत्साहनस्वरूप डिजिटल दक्षिणा योजना ल्याएको जनाएको छ । योजना विजया दशमी टीकाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म लागू हुने छ । यसरी रकम पठाउँदा रिमार्कमा दक्षिणा लेख्नुपर्ने बैंकले जनाएको छ । 

यस्तै बैंकले रकम पठाउनेहरुमध्ये एक जनालाई ५ सय रुपैयाँ दक्षिणा दिने जनाएको छ । उक्त १० प्रतिशत रकम बैंकले योजना सम्पन्न भएको ७ दिनभित्र दक्षिणा प्राप्त गर्ने ग्राहकको खातामा जम्मा गरिदिने उल्लेख गरेको छ । 

बैंकले ३२७ शाखा कार्यालयहरू, ४७० एटिएम, १०२ वटा एक्स्टेन्सन काउण्टर एवं ६४ वटा शाखा रहित बैंकिङ्गमार्फत् सेवा दिदै आइरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved