डेभलपमेण्ट बैकर्स एशोसिएसनमा नयाँ कार्यसमिति,मुक्तिनाथका सिर्इओ भरतराज ढकाल अध्यक्ष चयन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 06, 2017 | 10:19:30 PM मा प्रकाशित

laxmi  sunrise bank

बिकास बैंकको छाता संगठन 'डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपाल' मा नयाँ नेतृत्त्व आएको छ। शुक्रबार सम्पन्न ११ औ बार्षिक साधारणसभाले एशोसिएसनको अध्यक्षमा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकाल निर्वाचित भएका छन। 

मुक्तिनाथ विकास बैंकका सीईओ ढकालको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चुनेको छ।  अध्यक्ष, महासचिव, कोषाध्यक्ष र सचिब पदमा निर्वाचन भएको थियो भने अन्य पदमा निर्विरोध भएको छ। 

अध्यक्ष पदका प्रत्यासी सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र पौडेललाई ५ भोट अन्तरले पराजित गर्दै ढकाल अध्यक्षमा निर्वाचित भएका हुन। त्यस्तै भिवोर सोसाइटी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत झलकप्रसाद खनालले एक्सल डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश पोखरेललाई पराजित गर्दै महासचिब पदमा निर्वाचित भए। 

यता कोषाध्यक्ष पदमा कोषाध्यक्षमा तिनाउ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रदिप कुमार श्रेष्ठ निर्वाचित भएका छन। सचिवमा फेवाविकास बैंकका प्रमुख कार्यकारी अधिकृत  रेशमबहादुर थापा निर्वाचित भएका छन। थापाले मितेरी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसी वस्तीलाई पराजित गरेका हुन। 

प्रथम उपाध्यक्षमा गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल, द्धितिय उपाध्यक्षमा साइन रेसुङ्गा डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाशपौडेल निर्विरोध निर्वाचित भएका छन। 

त्यसैगरी, सदस्यहरुमा सिन्धु विकास बैंकका सीइओ सञ्जिब प्रधान, वेस्टर्न डेभलपमेन्ट बैंक सीइओ खिमबहादुर जीसी, कञ्चन डेभलपमन्ट बैंकका सीइओ बिरुराम जैशी, कन्काई डेभलपमेन्ट बैंकका सीइओ प्रकाश बज्राचार्य र साहारा डेभलपमेन्टका निमित्त सिइओ अजितकुमार झा निर्विरोध निर्वाचित भएका छन् । 

एशोसियसनमा निर्वाचित भएका ११ सदस्यीय सदस्यको कार्यकाल २ बर्षको रहने छ। नयाँ कार्यसमितिले १ सदस्य मनोनयन गर्ने छ भने निवर्तमान अध्यक्ष कृष्णराज लामिछाने कार्यसमितिको दोस्रो वरियतामा रहनेछन्। यस अनुसार एशोसियसनको कार्यसमिति सदस्य १३ सदस्यीय रहने छ।    

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved