सिद्धार्थ डेभलपमेण्ट बैंकको ३८ औ शाखा सन्धिखर्कमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 18, 2017 | 05:44:59 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ डेभलपमेण्ट बैंक लिमिटेडले आफ्नो ३८ औ शाखा सन्धिखर्क–१, अर्घाखाँचीमा  स्थापित गरेको छ । नवनिर्मित शाखाको समुद्घाटन गर्दै अर्घाखाँची जिल्लाका प्रमुख जिल्ला अधिकारी डिल्लीराज पोखरेलज्यूले बैंकले सामाजिक उत्तरदायित्वमा समेत ध्यान दिनुपर्ने बताए । शाखा उद्घाटन सँगै बैंकले एटिएम सेवा समेत शुभारम्भ गरेको छ । उक्त एटिएम सेवाको उद्घाटन गर्दै बंैकका अध्यक्ष   राम बहादुर भण्डारीज्यूले उक्त शाखाबाट सम्पूर्ण आधुनिक बैंकिङ्ग सुविधाहरु प्राप्त गर्न सकिने बताए  । उद्घाटन समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत   अजय कुमार मिश्रले स्वागत मन्तव्य राख्दै बैंकको शाखा कार्यालय विस्तारले ग्रामिणमुखी र आधुनिक एवं स्तरीय बैंकिङ्ग सेवा प्रदान गरी राष्ट्रिय अर्थतन्त्रको विकासमा टेवा पु¥याउँदै गुणात्मक बृद्धि तथा वित्तीय पहुँच विस्तार हुने बताए । 

शाखा समुदघाटन समारोह कार्यक्रममा स्थानीय विकास अधिकारी   प्रदिप पौडेल, उद्योग बाणिज्य संघ अर्घाखाँचीका महासचिव नेत्र प्रसाद भुषाल लगायत स्थानीय उद्योगी व्यापारीहरुको उल्लेख्य सहभागिता रहेको थियो । उक्त कार्यक्रम बंैकका उप–महाप्रवन्धक  ध्रुव कुमार पौडेलले सञ्चालन गरेका थिए । जनता बैंक नेपालसँग एक्विजिशन हुने अन्तिम चरणमा रहेको सिद्वार्थ डेभलपमेण्ट बैंकको एक्विजिशन पश्चात नेपाल भर ११२ शाखाहरुबाट बैकिङ्ग सेवा सुविधा प्राप्त गर्न सकिने कुराको पनि त्यस अवसरमा जानकारी दिइएको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved