ब्याजदर घट्दो छ, आर्थिक गतिविधिमा क्रमश सुधार हुन्छ : गभर्नर अधिकारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 26, 2024 | 04:28:19 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आर्थिक गतिविधिमा क्रमश सुधार हुँदै जाने बताएका छन् । राष्ट्र बैंकको ६९ औ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले ब्याजदर घट्दो क्रममा रहेकोले अब आर्थिक गतिविधि क्रमश सुधार हुँदै जाने बताएका हुन् ।

चालु खाता र शोधनान्तर बचतमा रहेकाले तरलता स्थितिमा उल्लेख्य सुधार आएको उनले बताए । निक्षेप तथा कर्जाका ब्याजदर घट्दो क्रममा रहेका पनि उल्लेख गरे। शोधनान्तर बचत र मूल्यमा परेको चाप कम हुँदै गएकाले नीतिगत कार्यदिशालाई क्रमशः सहज बनाउँदै लगिएको उनको भनाई थियो। यसबाट आर्थिक गतिविधिमा क्रमिक सुधार हुने अपेक्षा रहेको उनले बताए । 

आर्थिक गतिविधिमा आएको शिथिलताका कारण बैंक तथा वित्तीय संस्थाको कर्जा असुली केही प्रभावित भई निष्क्रिय कर्जा अनुपात बढ्दै गएको उनले उल्लेख गरे। तथापि, बैंकिङ प्रणालीमा तरलता सहज भएको र कर्जाका ब्याजदरसमेत क्रमशः घट्दै गएको सन्दर्भमा आगामी दिनमा कर्जा असुली सहज हुँदै जाने उनको भनाई थियो ।

वित्तीय स्थायित्वका लागि विभिन्न नियमनकारी व्यवस्था गरिएको र वित्तीय क्षेत्रसहित समिष्टगत आर्थिक स्थायित्वलाई नेपाल राष्ट्र बैंकले सदैव प्राथमिकतामा राख्दै आएको उनले बताए।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved