नेपाल लाइफको २ दिने निःशुल्क स्वास्थ शिविर सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 06, 2024 | 07:14:10 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो २३ औँ वार्षिक उत्सवको सुखद अवसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । वैशाख २१ र २२ गते कम्पनीको केन्द्रीय कार्यालय क्लासिक कम्प्लेक्समा उक्त निःशुल्क शिविर सञ्चालन गरिएको हो । 

उक्त शिविरबाट करिब ५०० जना भन्दा बढी लाभन्वित भएका छन् । शिविरमा इसीजी, ईको, लिपिड प्रोफाइल लगायतका विशिष्टीकृत जाँचहरु गरिएको थियो गर्नुका साथै निःशुल्क औषधि पनि वितरण गरिएको थियो । कार्यक्रममा कर्मचारी, अभिकर्ता, ग्राहक तथा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृतप्रवीण रमण पराजुलीले मानवको सबैभन्दा महत्त्वपूर्ण पक्ष स्वास्थ्य रहेको र समयसमयमा स्वास्थ्य परीक्षण गराउनु नितान्त आवश्यक रहेको हुनाले शिविर सञ्चालन गरिएको जानकारी गराए । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत हाल काठमाडौँमा शिविर सञ्चालन गरिएको र अब आगामी दिनमा नेपालको दूरदराजमा स्वास्थ्य सेवाबाट वञ्चित सीमान्तकृत तथा आर्थिक रुपले विपन्न वर्गको स्वास्थ्य परीक्षण गर्ने खालको कार्यक्रम सञ्चालनमा ल्याउने प्रतिबद्धता उनले व्यक्त गरे । 

इन्स्योरेन्सले बुआ केयरको प्राविधिक सहयोगमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो । स्वास्थ्य शिविरमा ५०३ जना व्यक्तिहरूले सहभागिता जनाएका थिए , जसमध्ये ४९० जनाले रक्तचाप परीक्षण , ३९३ जनाले लिपिड प्रोफाइल, ३३३ जनाले ईसीजी परीक्षण र ४५० जनाले डाक्टरसँग परामर्श लिएका थिए । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved