एनआइसि एशियाले सुरु गर्यो निशुल्क अनलाइन आस्वा सेवा, बैंकमा नगई आवेदन दिन सकिने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 06, 2017 | 05:35:07 PM मा प्रकाशित

laxmi  sunrise bank

एन आइ सि एशिया बैंक लिमिटेडले आस्वा प्रणालीलाई  मितव्ययी एवं सहज रुपमा प्रदान गर्नको लागि अनलाइन आस्वा सेवा सुरु गरेको बताएको छ । बैंकको २०औं वार्षिकोत्सवको समय पारेर आफ्नो सम्पूर्ण ग्राहक महानुभावहरुलाई यो सेवा अझ मितव्ययी एवं सहज रुपमा प्रदान गर्नको लागि यहि मिति २०७४।०४।२२ बाट अनलाइन आस्वा सेवा सुरु गरेको जनाएको हो।

अब ग्राहकले बैंकको मोबाइल बैंकिङ्ग वा इन्टरनेट बैंकिङ्ग सेवा प्रयोग गरि विनाकुनै शुल्क सहज रुपमा बैंकमा नै उपस्थित नभईकन अनलाइन आस्वा सेवा मार्फत IPO, FPO तथा Mutual Funds मा आवेदन दिन सक्ने छन् । 

बैंकले संचालनमा ल्याएको आर्कषक व्याजदर भएको कुनै पनि बचत खाताखोली शुरुमा निशुल्क रुपमा मोबाइल बैंकिङ्ग वा इन्टरनेट बैंकिङ्ग सेवा प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved