एसियन लाइफ र कैलाश विकास बैंकबीच बैंकासुरेन्स सम्झौता, बैंकका सबै शाखा मार्फत बिमा सेवा

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

May 24, 2018 | 12:46:50 PM मा प्रकाशित

laxmi  sunrise bank

एशियन लाइफ इन्स्योरेन्स र कैलाश विकास बैंकबीच बैंकासुरेन्स सम्बन्धि सम्झौता भएको छ। यस सम्बन्धि सम्झौतापत्रमा एशियन लाईफ ईन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठ र कैलाशका प्रमुख कार्यकारी अधिकृत अमृत चरण श्रेष्ठले हस्ताक्षर गरेका छन। 

सम्झौता अनुसार कैलाश बिकास बैंकको केन्द्रीय कार्यालय तथा देशभर रहेका ५२ वटा शाखा कार्यालयहरु मार्फत एशियन लाईफले प्रचलनमा ल्याएका सावधिक र म्यादी गरी १८ वटा जीवन बीमा योजनाहरु प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सक्ने छन।  

एशियन लाईफको हाल ६९ वटा उपशाखा तथा २८ वटा शाखा कार्यालयहरु रहेका छन। २०७४ चैत मसान्तसम्म यस कम्पनीको जीवन बीमाकोष  १२ अर्ब ९ करोड, लगानी १२ अर्ब २८ करोड तथा चुक्ता पूँजी १ अर्ब २० करोड (हालै जारी गरिएको ५० प्रतिशत हकप्रद शेयर पूँजीकरण पश्चात) रहेको छ । 


  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved