बिमा कम्पनीहरुले चुक्ता पूँजी चार गुणा बढाउनु पर्ने, समितिले तोक्यो नयाँ चुक्ता पूँजी र समयसीमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 31, 2017 | 11:10:23 PM मा प्रकाशित

laxmi  sunrise bank

बीमा समितिले बीमा कम्पनीहरुले पुर्याउनु पर्ने नयाँ चुक्ता पूँजी र त्यसको लागि समय सीमा तोकेको छ । जस अनुसार जीवन तथा निर्जीवन बीमा कम्पनीहरुको चुक्तापूँजी चार गुणाले बढाउने निर्णय भएको छ । 

जस अनुसार जीवन बीमा कम्पनीहरुले २०७५ आषाढ मसान्तसम्म दुई अर्ब चुक्ता पुंजी पुर्याउनु पर्ने भएको छ  । त्यस्तै निर्जीवन बीमा कम्पनीहरुले २०७५ आषाढ मसान्तसम्म एक अर्ब चुक्तापूँजी पुर्याउनु पर्ने भएको छ  ।

निर्धारण गरिएको चुक्ता पुंजी सम्बन्धि नयाँ ब्यबस्था आज शुक्रबारबाट नै लागु हुने बीमा समितिले जनाएको छ।

बीमा कम्पनीहरुको चुक्तापूँजी बढाउने बारेमा लामो समयदेखि  चर्चा चल्दै आएको थियो ।

बीमा कम्पनीहरुको चुक्तापूँजी निर्धारण गर्ने बिषय नयाँ बीमा ऐनमा भने समाबेश नगरिने भएको छ  । नयाँ बीमा ऐन कानुन मन्त्रालयबाट अर्थमन्त्रालयमा पुग्ने क्रममा छ।

 यस अघिको बीमा ऐनमा जीवन बीमा कम्पनीहरूको चुक्ता पुँजी २५ करोड र निर्जीवन बिमा कम्पनीहरूको चुक्ता पुँजी १० करोड हुनु पर्ने उल्लेख छ । एनमा यस्तो ब्यबस्था भएपनि बिमा समितिले जीवन बीमा कम्पनीलाई ५० र निर्जीवन बीमा कम्पनीहरूलाई २५ करोड रुपैयाँ पु¥याउन निर्देशन दिएको थियो ।

हाल नेपालमा ९ वटा जीवन बीमा र १७ वटा निर्जीवन बीमा कम्पनी सञ्चालित छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved